पबन गौतम ।
२०८० फाल्गुण ३ बिहिबार ।
‘अर्को विश्व सम्भव छ’ भन्ने मूल नाराका साथ आगामी २०८० फागुन ३ देखि ७ सम्म काठमाडौंमा विश्व सामाजिक मञ्च आयोजना हुँदै छ । विश्वभरका करिब ४० देखि ५० हजार मानिस भेला हुने अनुमान गरिएको सम्मेलनमा प्रकृति, ब्रह्माण्ड र मानव जीवनका विविध विषयमा चारसय ५० भन्दा बढी सत्रमा विश्वका अनुभवी, दिग्गज र प्राज्ञिक व्यक्तिबाट छलफल, प्रशिक्षण, बहस, पैरवी हुने बताइएको छ ।
सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा भएको पहिलो विश्व सामाजिक मञ्चको १६औँ संस्करण नेपालमा आयोजना हुन लागेको हो । सामाजिक क्षेत्रमा काम गर्ने अभियन्ताहरूका लागि यो एउटा खुसीको क्षण हो । सँगसँगै विश्व समाजलाई नजिकबाट बुझ्ने थलो र नेपालको मुद्दा विश्वसाम पुर्याउने अवसर पनि ।
विश्व सामाजिक मञ्चमा मुख्यतः १३ वटा थिम बृहत् छलफल र बहस हुनेछन् ।
विश्व मानव समाज यतिवेला जलवायु संकट, असमानता, गरिबी तथा भोकमरी, सार्वजनिक स्वास्थ्य, द्वन्द्व र हिंसा, वातावरणीय क्षति, प्रविधिको प्रयोगजस्ता समस्याबाट गुज्रिरहेका छन् । पृथ्वीमा विभिन्न खालका समस्या उत्पन्न भइरहेका छन् । यी मुद्दा संयुक्त राष्ट्र संघले सन् २०१५ देखि २०३० सम्म तय गरेको १७ वटा दिगो विकास लक्ष्यमा पनि समेटिएका र सम्बोधन गरिनुपर्ने विषय हुन् ।
विश्व सामाजिक मञ्चको १६औँ संस्करण नेपालमा आयोजना हुनु सामाजिक क्षेत्रमा काम गर्ने अभियन्ताका लागि खुसीको क्षण हो भने विश्व समाजलाई नजिकबाट बुझ्ने थलो र नेपालको मुद्दा विश्वसामु पुर्याउने अवसर पनि हो।
यी समस्यासँग जुध्दै मानव जीवन र विश्व मानव समुदायलाई जोगाइराख्नका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य, सहअस्तित्व र सहयोग आदानप्रदान जरुरी छ । यसका लागि व्यक्ति, समाज, सरकार, व्यवसायी र नागरिक समाजको सहकार्य जरुरी छ । तर, के अहिलेको हाम्रो विश्व समाज यी कार्यका लागि तयार छ त ?
अहिले विश्व सीमित संख्याका शक्तिशाली राष्ट्र र सीमित संख्याकै पुँजीपतिको कब्जा, अर्थात् उनीहरूकै इसारामा चल्नुपर्ने प्रत्यक्ष–अप्रत्यक्ष मारबाट गुज्रिरहेको छ । बजार उनीहरूको कब्जामा छ । राजनीति उनीहरूको कब्जामा छ । उत्पादन र वितरणसमेत उनीहरूकै कब्जामा छ । उपभोग्य वस्तुको मूल्य उनीहरूकै नियन्त्रणमा छ ।
आजका विकासशील देश, जसले ठुल्ठूला आणविक भट्टी, कलकारखाना, उद्योगधन्दा चलाए, उनीहरूकै कारण ब्रह्माण्डमा प्रत्यक्ष असर पर्न गएको हो । युरोपियन युनियनको कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले सन् २०२३ को फेब्रुअरीदेखि २०२४ को जनवरीसम्म गरेको सर्वेक्षणमा पृथ्वीको तापक्रम सरदर १।५ डिग्री बढेको बताएको छ । कार्बन उत्सर्जन न्यूनीकरणमा औद्योगिक मुलुकले जुन कदम चाल्नुपर्ने हो, त्यता बेवास्ता गरिदिँदा उत्सर्जन बढ्दो छ । यो विषयमा उचित बहस र पैरवी नहुने हो भने यसले भयावह स्थिति ल्याउने निश्चित छ ।
हालको विश्वमा सबैभन्दा ठूलो समस्याहरूमध्ये जलवायु संकट एक मुख्य समस्या रूपमा प्रमाणित भएको छ। यसले मानव समुदायमा मात्रै नभई सम्पूर्ण विश्वको जलवायु, प्रकृति, वातावरण, जन्तु जीवन र पर्यावरणलाई प्रभावित गर्दै छ। जलवायु संकटले हिमालयको चोटीहरूबाट बर्फलाई घटाउने र जलको मुखमा घट्नुलाई प्रभावित गर्दैछ। पानीका स्रोतहरू सुख्ने बिन्ती गरेको छ। तापमानको वृद्धि, धेरै खेती भुमिको सुख्खापन र प्राकृतिक आपदाले कृषि उत्पादनमा गिरावट प्रमाणित गरेको छ। यस्तो जलवायु संकटले मानवीय क्रियाकलापहरूलाई पनि प्रभावित गर्दछ। यसै समस्यालाई लिएर विश्व समुदायका युवाहरु कसरी प्रभावित भएका छन् के के गरिएका छन् भन्ने विषयमा युवा अभियान संस्थाको आयोजनामा र अन्य विभिन्न जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने संघसंस्थाहरू अरुको समन्वयमा फागुन ४ गते दिउसो २ बजेदेखि “World Youth Assambly on Climate Justices” हुँदैछ। उक्त कार्यक्रममा संयुक्त राष्ट्र अमेरिका, इटाली, मोरको र नेपालको युवाहरू जलवायुबाट कसरी प्रभावित भइरहेका छन् भन्ने विषयमा विस्तृत रुपमा आफ्नो अनुभव र भावी जलवायु न्यायको आफ्नो भनाइ राख्नेछन्। साथै नेपालका युवाहरूले कसरी काम गरिरहेका छन् भन्ने विषयमा फागुन ४ देखि ७ गतेसम्मै कार्यक्रम स्थलमा युवाहरूको अनुभवपूर्ण भिडियो सार्वजनिक गरिनेछ। र अन्तिममा Flase mob अर्थात् नित्यद्वाराको विश्व समाजलाई नै जलवायु न्यायबाट नेपाल लगायत अन्य देशहरूका जनसमुदायले भोगिरहेका समस्याको निम्ति हाम्रो एक बलियो आवाज प्रदर्शन गरिनेछ।
विश्व सामाजिक मञ्चमा यो विषय प्रमुखताका साथ उठ्ने र छलफल गर्ने एवं सम्बन्धित देश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी निकायहरूमा यो विषयमा उचित कदम चाल्न आह्वान गर्ने हाम्रो प्रमुख एजेन्डा रहेको छ ।