राजनीतिक दलहरूले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व हुने कानुनी व्यवस्था लागू गर्न गाह्रो हुने : आयुक्त थपलिया

राजनीतिक दलसम्बन्धी ऐनको मस्यौदामा केही त्रुटि भए राजनीतिक दलहरूसँग छलफल गरेर टुङ्गो लगाउन आयोग तयार

राजनीतिक दलहरूले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व हुने कानुनी व्यवस्था लागू गर्न गाह्रो हुने : आयुक्त थपलिया

काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व हुने कानुनी व्यवस्था लागू गर्न गाह्रो हुने जनाएका बताउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा प्रमुख आयुक्त थपलियाले राजनीतिक दलहरूले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व नै दलमा सुनिश्चित नहुने भएकाले कानुन बने पनि लागू गर्न गाह्रो हुने सुझाव आयोगलाई दिएको बताउनुभएको हो । उहाँले आयोगद्वारा प्रस्तावित राजनीतिक दलसम्बन्धी ऐनको मस्यौदामा केही त्रुटि भए राजनीतिक दलहरूसँग छलफल गरेर टुङ्गो लगाउन आयोग तयार रहेको पनि बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले ३३ प्रतिशत महिला प्रतिनिधित्व नभएको कुनै पनि राजनीतिक दललाई निर्वाचन आयोगले स्वीकार गर्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।

खबरपाटी
खबरपाटी