आगामी वर्ष २०८१ मा दिने सार्वजनिक बिदाको विवरण राजपत्रमा प्रकाशित

आगामी वर्ष ५३ वटा शनिबारको बिदा,३५ वटा अन्य सार्वजनिक बिदा

आगामी वर्ष २०८१ मा दिने सार्वजनिक बिदाको विवरण राजपत्रमा प्रकाशित

काठमाडौं । नेपाल सरकारले आगामी वर्ष २०८१ मा दिने सार्वजनिक बिदाको विवरण राजपत्रमा प्रकाशित गरेको छ ।

गृह मन्त्रालयले बैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने बिदाको विवरण प्रकाशित गरेको हो ।

जस अनुसार आगामी वर्ष ५३ वटा शनिबारको बिदा परेको छ भने ३५ वटा अन्य सार्वजनिक बिदा परेको छ ।

बैशाख १ गते नयाँ वर्ष, बैशाख ५ गते रामनवमी, बैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको विदा रहेको छ । जेठ १५ गते गणतन्त्र दिवस, भदौ ३ गते रक्षाबन्धन, भदौ १० गते श्री कृष्ण जन्माष्टमी र असोज ३ गते संंविधान दिवसको विदा रहेको छ । यस्तै, असोज १७ गते घटस्थापना, असोज २४ देखि असोज २८ गतेसम्म पाँच दिन दशैँ बिदा दिइएको छ ।

यस्तै, कात्तिक १५ देखि १९ गतेसम्म पाँच दिन तिहार बिदा र २२ गते छठपर्वको विदा रहेको छ । मङ्सिर ३० गते धान्यपूर्णितमा, उधौली तथा धायोमरी पूर्णिमाको विदा दिइएको छ भने पुस १५ गते तमुु ल्होसार र पुस २७ गते पृथ्वी जयन्तीको दिन परेको छ ।

माघ १ गते माघी पर्व, १७ गते सोनम ह्लोसा, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन १४ गते महाशिवरात्री, फागुन १६ गतेग्याल्पो ल्होसार, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको विदा रहेको छ । यस्तै, फागुन २९ गते पहाडी जिल्लाहरुमा र ३० गते तराइका जिल्लाहरुमा फागू पूर्णिमाको विदा दिइएको छ ।

इस्लाम धर्मावलम्बीहरुका ईद र बकर ईदमा पनि सार्वजनिक बिदा दिइने छ ।

खबरपाटी
खबरपाटी