नेपाली कांग्रेस बागमती प्रदेशले गर्यो प्रदेश समन्वय उपसमिति गठन

फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक हुँदै

नेपाली कांग्रेस बागमती प्रदेशले गर्यो प्रदेश समन्वय उपसमिति गठन

काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेशले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन प्रदेश समन्वय उपसमिति गठन गरेको छ।

समिति नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा गठन गरिएको हो। समिति ११ सदस्यीय रहेको छ।

समितिका सदस्यहरु
१. उद्धव थापा, सभापति- नेपाली कांग्रेस कोशी प्रदेश  
२. कृष्णप्रसाद यादव, सभापति- नेपाली कांग्रेस मधेस प्रदेश
३. शुक्रराज शर्मा, सभापति- नेपाली कांग्रेस गण्डकी प्रदेश
४. अमरसिंह पुन, सभापति- नेपाली कांग्रेस लुम्बिनी प्रदेश
५. ललितजंग शाही, सभापति- नेपाली कांग्रेस कर्णाली प्रदेश
६. बीरबहादुर बलायर, सभापति- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश
७. चन्द्र महर्जन, उपसभापति- नेपाली कांग्रेस बागमती प्रदेश
८. चन्द्रशेखर कुमार यादव, उपसभापति- नेपाली कांग्रेस मधेस प्रदेश
९. हरिशरण श्रेष्ठ, सहमहामन्त्री- नेपाली कांग्रेस बागमती प्रदेश
१०. राजु नेपाल, मुख्य सचिव- नेपाली कांग्रेस बागमती प्रदेश।

खबरपाटी
खबरपाटी