नेपाल–चीनको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालन गर्न विशेष ध्यान दिएका छौं : प्रधानमन्त्री

नेपाल–चीनको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालन गर्न विशेष ध्यान दिएका छौं : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा  कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाइने बताएका छन् ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले व्यापार प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताए । 

आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपछि नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै उनले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताए ।

प्रधानमन्त्रीले गत असोजमा सम्पन्न आफ्नो चीन भ्रमणका क्रममा सीमा क्षेत्रको विकास, त्यहाँका स्थानीय बासिन्दाका समस्या, चीन सरकारका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका र चिनियाँ सहयोगका बारेमा पर्याप्त छलफल भएको जानकारी दिए।

खबरपाटी
खबरपाटी