आउँदो चुनावमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्थाका विषयमा छलफल

डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने

आउँदो चुनावमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्थाका विषयमा छलफल

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो चुनावमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्थाका विषयमा छलफल गरेको छ ।
आयोगले आज सर्वदलीय बैठक गरी विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारीबारे जानकारी गराउँदै सुझाव मागेको हो । विदेशमा रहेका नागरिकलाई मताधिकारको प्रयोगको व्यवस्था गर्न अदालतले २०७४ चैत ७ गते आदेश दिएको थियो ।
बैठकमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नागरिकको मताधिकार कार्यान्वयनको व्यवस्थासहितको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा गएको असार १८ गते गृह मन्त्रालयमा पेस गरिएकोमा अहिलेसम्म सदनमा प्रस्तुत नभएको बताउनुभयो ।
विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने आयोगले जनाएको छ ।

खबरपाटी
खबरपाटी