भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालका ५ जुडो खेलाडीले भाग लिने

जुडो खेलाडीले भुटानमा खेल्ने

भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालका ५ जुडो खेलाडीले भाग लिने

काठमाडौँ — भुटानको थिम्पुमा हुने दोस्रो भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालका ५ जुडो खेलाडीले भाग लिने भएका छन् ।

फेब्रुअरी १० देखि १५ सम्म हुने प्रतियोगिनाको ४४ केजीमा दीपाकुमारी खत्री, ५७ केजीमा पेमा याङ्जी शेर्पा र वन्दना कुलुङ तथा ६० केजीमा काशीराम महत र पेम्बा दोर्जी शेर्पाले भाग लिने छन् ।

 

प्रशिक्षक विजयकुमार गुरुङ, टिम व्यवस्थापक पासाङ तेम्बा शेर्पा, खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकार, खेलकुद सहायक निर्देशकद्वय राजभाइ सुधाकर र दीपक श्रेष्ठसहितको १० सदस्यीय टोली फेब्रुअरी ११ तारिखमा भुटान जानेछ । बिहीबार राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारीले टोलीलाई बिदाइ गरे ।

 

खबरपाटी
खबरपाटी