सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाउनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्रीको भनाई

सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा

सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाउनुपर्ने  सञ्चार तथा सूचना प्रविधिमन्त्रीको भनाई

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाउनुपर्ने बताउनुभएको छ ।
कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ ९क्यान० ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’ को आज उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताउनुभयो । सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनसँगै त्यसले मूर्तरूप लिने दाबी गर्नुभयो ।
सूचना प्रविधिसम्बन्धी रूपान्तरणकारी आयोजना सञ्चालन गरी देशको अर्थतन्त्र सबल बनाउँदै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले अब श्रमिक नभई सेवा निर्यात गर्ने देशका रूपमा विकास गरिनुपर्ने बताउनुभयो ।
मेलामा एक सय ५० भन्दा बढी कक्ष रहेका छन् । मेलाको झन्डै तीन लाख ५० हजार जनाले अवलोकन गर्ने आयोजकको दाबी छ ।

खबरपाटी
खबरपाटी