प्रधानमन्त्री ‘प्रचण्ड’द्धारा सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा छलफल

सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल

प्रधानमन्त्री ‘प्रचण्ड’द्धारा सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा बिहीबार छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रचण्डले छलफल गरेका छा ।
छलफलमा प्रचण्डले सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा ९माओवादी केन्द्र० का उपमहासचिव वर्षमान पुन, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी ९जसपा०, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, नागरिक उन्मुक्ति पार्टी९नाउपा०लगायत दलका नेताहरूको सहभागिता रहेको थियो ।

खबरपाटी
खबरपाटी