काठमाडौँ । फ्रेबुवरि ४ मा विश्व क्यान्सर दिवस मनाइरहँदा नेपालमा पनि विभिन्न जनचेतना मूलक कार्यत्रल गरी मनाइने गरिन्छ ,पछिल्लो समय नेपालमा क्यान्सरको अवस्था कस्तो छ ? क्यान्सरबाट बच्न के गर्न सकिन्छ लगाएका विषयमा हामीले वरिष्ठ क्यान्सर रोग विषेशज्ञडा। राजेन्द्र प्रसाद बराल सँग कुराकानी गरेका छौँ ।
नेपालमा क्यान्सरको अवस्था कस्तो छ ?
पछिल्लो समय विश्व सँगै नेपालमा क्यान्सरका बिरामी बढेका छन् । जीवनशैली नै प्रमुख कारण मानिएको छ । नेपाल जस्तो विकासोन्मुख मुलुकका अवस्था भयावह मान्न सकिन्छ । विवनशैलीमा भर पर्ने कुरा हो ।
प्रमुख कारण के मान्न सकिन्छ रु नवजात शिशु सँगै तम्वाकु सेवन नगर्ने पनि क्यान्सरबाट पीडित छन् ?
मुख्य कारण सुर्तीजन्य पदार्थ नै हो,तर जीवनशैली कै कारण नवजात शिशु क्यान्सरबाट पीडित छन् । हामीले खाने खाना , बजारबाट किनेर ल्याउँदा समेत कुन खाना हाम्रो लागी उपयुक्त छ त्यो हामीले बुझेका हुँदैनौ, बिषेशगरि स्वस्थ खानाले ६० प्रतिशत क्यान्सर हुनबाट बचाउँछ ।
नवजात शिशुलाई क्यान्सरबाट बचाउन के गर्न सकिन्छ ?
बच्चा बच्चीकोकहमा क्यान्सर विभिन्न खालको हुन्छ, बुढो मानिसलाई लाग्ने क्यान्सर बच्चालाई लाग्दैन र बच्चालाई लाग्ने क्यान्सर बुढोलाई लाग्दैन । सबै क्यान्सर वंशाणुगत हुदैनन । ५ देखि १० प्रतिशत मात्र वंशाणुगत हुन्छन् ।
महिलाहरूमा देखा पर्ने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको अवस्था गत वर्षको तुलनामा कस्तो छ ?
विकासोन्मुख देशहरूमा पाठेघरको मुखको क्यान्सर नं। १ मा नै रहेको छ । नेपालमा कम उमेरका युवतीहरू स्तन क्यान्सरको जोखिममा देखिएका छन् , समस्या लिएर आउने युवतीहरू छन् ।अहिले भ्याक्सिन समेत आएको छ । १५,१६ वर्षका युवतीहरूले बेलैमा भ्याक्सिन लगाउँदा पाठेघरको मुखको क्यान्सरबाट बाट बच्न सकिन्छ । एचपिबि भ्याक्सिन उपयोगी रहेको छ ।
यो एचपिबि भ्याक्सिनबारे जाकरुकता कति रहेको छ त ?
सिपसित समुदायमा राम्रो जानकारी रहेको छ भने दूर दराज तथा अशिक्षित वर्गमा जनचेतनाको कमी देखिएको छ । गाउँघरमा निःशुल्क पाठेघर जाँच्न जाँदा समेत महिलाहरू हिचकिचाउने गरेको पाइन्छ । त्यसैले सबैले जानकारी पाउन आवश्यक छ ।
आफूले कसरी शरीरको ध्यान दिने ?
विदेश तिर समय समयमा आफ्नो शरीरको चबज गर्ने चलन छ ,सरकारले समेत आफ्ना नागरिकको स्वास्थ्यमा चासो देखाउने गर्दछ । तर नेपालमा भने स्वास्थ्यको हेरचाह अन्तिम अवस्थामा गर्ने गरिन्छ । क्यान्सरको कुनै लक्षण नभएकाले हुँदा आफूले समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ । शरीरमा देखा परेका कुनै परिवर्तनलाई हेलचक्र्याइँ गर्नु हुन्न ।
सरकारले कसरी योजना बनाउने ?
सरकारले गर्दै नगरेको भन्न मिल्दैन तर अझै जनचेतना दिक आवश्यक छ त्यसैले विद्यालयबाट नै पाठ्यक्रममा समावेश गर्नुपर्छ ।
पुरुषहरूको हकमा क्यान्सर के कस्ता छन् ?
लोग्ने मान्छेलाई पिन स्तन क्यान्सर हुन्छ तर महिलाको तुलनामा कम हुन्छ । फोक्सोको क्यान्सर नं. १ मा छ २ नं. मा स्थानमा नेपालको अवस्थामा पाचन प्रणाली र मुखको क्यान्सर लगायतका रहेका छन् ।
अन्त्यमा,आम नागरिकलाई के कस्तो सुझब दिनु हुन्छ ?
हामीले खानपान र आफ्नो जीवनशैलीलाई भ्याइदिन आवश्यक छ ।डब्लुएचओले भन्छ थोरै थोरै ५ पटक खानुपर्छ तर हामीले नियम पुर्याएका छैनौ । माछा मासुको सेवन कम गर्ने ,फलफूल खाने,नियमित व्यायाम गर्ने,आफ्नो तौल सन्तुलनमा राद्यने गर्नुपर्छ । सरकारले पोलिसि बनाउनु पर्छ । शरीरको खयनल गर्नुपर्छ,क्यान्सर सुरुमा थाहा भयो भने निको हुन्छ ।