सबै अन्तर्राष्ट्रिय विमानस्थलाई पीपीपी मोडेलमा सञ्चालन गरिने, नेवानिको अध्ययन गर्न नयाँ समिति गठन

सबै अन्तर्राष्ट्रिय विमानस्थलाई पीपीपी मोडेलमा सञ्चालन गरिने, नेवानिको अध्ययन गर्न नयाँ समिति गठन

काडमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यवस्थापन करारमा दिने तयारी गरिएको छ ।

निगमको करार व्यवस्थापनका निम्ति सुझाव दिन योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा, व्यवस्थापनविज्ञ टिकाराम राई, पर्यटन विभागका महानिर्देशक, अर्थ मन्त्रालयका प्रतिनिधि र वायुसेवा निगमको अर्थ विभाग प्रमुख सदस्य रहने गरी पाँचजनाको समिति बनाइएको छ 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो समिति बनाउने प्रस्ताव गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट समिति गठनका निम्ति स्वीकृति प्रदान गरिएको पर्यटनमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

समितिलाई ४५ दिनको कार्यावधि दिइएको छ । समितिको सुझावका आधारमा निगमको व्यवस्थापन करारमा दिइने सरकारको तयारी छ ।

 

 

 

खबरपाटी
खबरपाटी