यू-१९ विश्वकप : न्युजिल्यान्डविरूद्ध नेपालका ओपनिङ ब्याटर अर्जुनको अर्धशतक

यू-१९ विश्वकप : न्युजिल्यान्डविरूद्ध नेपालका ओपनिङ ब्याटर अर्जुनको अर्धशतक

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्यूजिल्यान्डविरुद्धको पहिलो खेलमा नेपालका ओपनर अर्जुन कुमालले अर्धशतक प्रहार गरेका छन् ।

 

विकेट गइराखेको अवस्थामा सम्हालिएका कुमालले ७३ बलमा अर्धशतक पूरा गरेका हुन् । उनलाई दीपक बोहराले ११ रन बनाएर साथ दिइरहेका छन् ।

नेपालले ताजा अवस्थामा २६ ओभरमा ५ विकेट गुमाएर १२३ रन बनाएर खेलिरहेको छ ।

खबरपाटी
खबरपाटी