भीड नियन्त्रणमा घातक हतियार प्रयोगमा सर्वोच्चले माग्यो सरकारसँग जबाफ

भीड नियन्त्रणमा घातक हतियार प्रयोगमा सर्वोच्चले माग्यो सरकारसँग जबाफ

भीड नियन्त्रणमा प्रयोग गरिने मेटल बुलेट वा प्राणघातक हतियारको प्रयोग सम्बन्धी रिटमा सर्वोच्च अदालतले सरकारसँग जबाफ मागेको छ। 

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले सरकारसँग लिखित जबाफ माग गरेको निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए।

त्रिपाठीले बुधबार सर्वोच्च अदालतमा प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियार प्रयोग गर्दा निर्दोष नागरिकहरूको मृत्यु हुने गरेको भन्दै रिट दायर गरेका थिए। 

उनले भीड नियन्त्रणका लागि यस्ता हतियारहरू प्रयोगमै प्रतिबन्ध लगाउनुपर्ने पनि माग गरेका छन्। 

अधिवक्ता त्रिपाठीले रिट निवेदनको टुंगो नलागेसम्म घातक हतियार प्रयोग नगर्नू नगराउनू भनी आन्तरिम आदेश जारी गर्न समेत माग गरेका छन्।

खबरपाटी
खबरपाटी