एनसेल सेयर खरिद-बिक्री प्रतिवेदन माघ १५ भित्रै बुझाउने तयारीः सञ्चारमन्त्री

एनसेल सेयर खरिद-बिक्री प्रतिवेदन माघ १५ भित्रै बुझाउने तयारीः सञ्चारमन्त्री

टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल सेयर खरिद-बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको छ।

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समितिले माघ १५ भित्र प्रतिवेदन बुझाउने जानकारी गराइन्।

गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको सेयर खरिद-बिक्रीबारे छानबिन समिति गठन गरेको थियो।

समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य छन्।

 

यो समितिलाई प्रतिवेदन तयार गर्न एक महिनाको समय दिइएकोमा १५ दिनको सयय थपिएको थियो।

आजियाटाले रेजोल्ड्स होल्डिङ्समा रहेको आफ्नो ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो।

सेयर खरिद गरेकोभन्दा कम मूल्यमा बिक्री गरेको भन्दै यसबारे विवाद भएको थियो।

खबरपाटी
खबरपाटी