१५ लाख घुससहित वडाध्यक्ष बादे पक्राउ

१५ लाख घुससहित वडाध्यक्ष बादे पक्राउ

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुससहित पक्राउ परेका छन्। अख्तियारले उनलाई १५ लाख घुससहित भक्तपुरको गठ्ठाघरमा पक्राउ गरेको हो।

घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले वादेलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ।

१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। बादे नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।
 

खबरपाटी
खबरपाटी