माओवादी मन्त्री उप्रेतीको सम्पत्ति : १० तोला सुन, ३९ लाख ऋण

माओवादी मन्त्री उप्रेतीको सम्पत्ति : १० तोला सुन, ३९ लाख ऋण

विराटनगर । कोशी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री गणेश उप्रेतीले दुई वटा घडेरी रहेको विवरण बुझाएका छन् ।

माओवादी केन्द्र कोशी प्रदेशका सचिव समेत रहेका उप्रेतीले श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कट्ठा ५ धुरको जग्गामा घर र सुनसरीको इटहरीमा ११ धुर जग्गा रहेको उल्लेख गरेका छन् ।

 

१० तोला सुन र २० तोला चाँदी पनि रहेको विवरण उनले पेश गरेका छन् । परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद बैंकमा बचत रहेको र ३९ लाख ५० हजार ऋण रहेको उप्रेतीले उल्लेख गरेका छन् ।

उनले सामूहिक रुपमा कृषि फारम तथा गाई फारम सञ्चालन गरेको पनि विवरण बुझाएका छन् ।

खबरपाटी
खबरपाटी