मेसी बने कीर्तिमानी तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी

मेसी बने कीर्तिमानी तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी

काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार बिहान लन्डनमा सम्पन्न समारोहमा कीर्तिमानी आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड पनि तेस्रो पटक जितेर कीर्तिमान कायम गरेका छन् । 

यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे । मेसीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् ।

मेसी र हालान्डले समान ४८ अङ्क प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरूको मतका आधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अङ्क प्राप्त गरेका थिए ।

युरोप बाहिरको लिग खेल्ने खेलाडीले यो अवार्ड जितेको पहिलोपल्ट हो  िमेस्सी अमेरिकी मेजर लिग सकर ९एमएलएस० मा क्लब इन्टर मियामीबाट खेल्ने खेलाडी हुन् यसअघि, युरोपबाट खेल्दा पनि मेसीले यो अवार्ड सन् २०१९ र २०२२ मा जितेका थिए ।

यसैगरी आइटाना बोनमाटी पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । उनले २०२३ मा स्पेनलाई आफ्नो पहिलो विश्वकप उपाधि र बार्सिलोनालाई घरेलु र युरोपेली ट्रेबल गर्न महत्त्वपूर्ण योगदान गरेकी थिइन् ।

बोनमाटीले लिन्डा काइसेडो र जेनिफर हर्मोसोकोलाई पछि पारिन् । यसैगरी, मेरी इर्प्स लगातार दोस्रो वर्षको लागि उत्कृष्ट फिफा महिला गोलकिपरबनिन् । सरिना विग्म्यानलाई २०२३ को लागि उत्कृष्ट महिला प्रशिक्षक घोषित गरिएको छ । 

पुरुषतर्फ भने इडरसन २०२३ को उत्कृष्ट फिफा पुरुष गोलकिपर घोषित भएका छन् । म्यानचेस्टर सिटीको ऐतिहासिक ट्रेबल जित्ने अभियानलाई ३० वर्षीय इडरसनलाई सम्मान गरिएको हो । इडरसन २३ अङ्कका साथ शीर्ष स्थानमा रहे, थिबाउट कोर्टोइस ९२० अङ्क० र यासिन बौनु ९१६ अङ्क० मा सिमित भएका थिए ।

म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला उत्कृष्ट फिफा पुरुष प्रशिक्षक २०२३  घोषित भएका छन् । इटालियन जोडी लुसियानो स्पालेट्टी १८ अङ्क र सिमोन इन्जाघी ११ अङ्क र ग्वार्डिओला २८ अंकसहित उत्कृष्ट घोषित भएका हुन् ।

यसैगरी ब्राजिलका मिडफिल्डर गुइलहेर्मे मद्रुगाको उत्कृष्ट गोलकर्ता घोषित भए । उनलाई पुस्कस अवार्ड प्रदान गरिएको थियो । ह्युगो ड्यानियल “टोटो“ इनिगेजलाई २०२३ को लागि फिफा फ्यान अवार्डबाट सम्मानित गरिएको छ ।

मे २०२३ मा बाराकास सेन्ट्रल विरुद्धको अर्जेन्टिना प्राइमरा डिभिजनको खेलमा आफ्नो छोरालाई खुवाउँदै गरेको कोलोन डे सान्ता फे फ्यान भाइरल भएका थिए ।

यस्तै,ब्राजिलले फिफा फेयर प्ले अवार्ड हात पारेको छ । 

खबरपाटी
खबरपाटी