सवारी दुर्घटना बढेपछि यातायात मन्त्रालयले बनायो पाँच सदस्सीय कार्यदल

सवारी दुर्घटना बढेपछि यातायात मन्त्रालयले बनायो पाँच सदस्सीय कार्यदल

काठमाडौं : सवारी दुर्घटना बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्सीय कार्यदल गठन गरेको छ। सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति हुन थालेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रृटिहरू पत्ता लगाउन कार्यदल गठन गरेका हुन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रृबहाक बस शुक्रवार राति दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाएका थिए भने, थानकोट चित्लाङमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो। त्यसैगरी शनिबार बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो। दुई दिनभित्र १९ जनाको ज्यान गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौतिक तथा प्राविधिक त्रृटि पत्ता लगाउन कार्यदल गठन गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले बताए।

सडक दुर्घटनाका त्रृटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा पाँच सदसीय कार्यदल गठन भएको छ। संघीय सडक सुपरीवेक्षण कार्यालय सुर्खेतका सुई श्यामबहादुर खड्का, सवारी अनुगमण मापदण्ड तर्जुमा र सवारी चालक ब्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यलय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिडिई सुरेश श्रेष्ठ सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको छ। 

खबरपाटी
खबरपाटी