"पोषिलो आहारको लागि दिगाे कृषि उत्पादन हाम्रो अभियान" भन्ने नाराका साथ राष्ट्रिय खाद्य बैंक आम कृषकहरूका माझमा

"पोषिलो आहारको लागि दिगाे कृषि उत्पादन हाम्रो अभियान" भन्ने नाराका साथ राष्ट्रिय खाद्य बैंक आम कृषकहरूका माझमा

काठमाडौं। दुई अर्ब लगानीमा शुभारम्भ भएको राष्ट्रिय खाद्य बैंकले आवश्यक मापदण्ड पूरा गरी सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ ।
प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको बैंकले प्रमोटर सेयर खरिद गरि अपनत्व लिन इच्छुकहरुलाई नयाँ बानेश्वरको केन्द्रिय कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । बानेश्वरमा केन्द्रीय कार्यालय भएको खाद्य बैंकले अहिले देशका विभिन्न स्थानबाट अर्गानिक खाद्य सामाग्री ल्याएर भक्तपुरको लोकन्थलीस्थित आरकेबीएल मार्टमार्फत पनि बिक्री गर्दै आएको छ । उसले उक्त मार्टका सामान काठमाडौँका सम्पूर्ण ठाउँमा नि शुल्क डेलिभरीसमेत गर्दै आएको छ । एक लाखभन्दा बढी स्थानीय किसानहरूसँग सहकार्य गर्दै आइरहेको खाद्य बैंकका अध्यक्ष शंकर उप्रेती बताउँछन्।

‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ २०७७ सालमा स्थापना भएको बैंकले हाल सम्म १ अर्बको कारोबार गरिसकेको छ । बैंकका अध्यक्ष उप्रेतीले कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्यका साथ बैंक स्थापना गरिएको जानकारी दिए ।
निजि क्षेत्रबाट खोलिएको नेपालको पहिलो खाद्य बैंकमा हालसम्म ७९० जना प्रमोटर शेयर सदस्य छन् । उक्त सङ्ख्यालाई बढाएर १ हजार जना बनाउने तयारी भइरहेको छ । उनका अनुसार राष्ट्रिय खाद्य बैंक लिमिटेड, नेपालमा उत्पादन भएका कृषिजन्य उत्पादनलाई ब्रान्डिङ्ग, भण्डारण र बजारीकरण गर्ने पबित्र उदेश्य लिएर स्थापना भएको हो । बैंकमार्फत डेड लाखभन्दा बढी किसान प्रत्क्ष्य उत्पादनसँग जोडिएका छन् । बैंकले किसानका धान, गहुँ, मकै, तरकारी तथा फलफूल, केरा, दहिदुध, माछा, मासु, अण्डा, जडीबुटी, चिया, कफी, उखु लगायतको उत्पादन तथा व्यापार गरिरहेको छ ।


अहिले ९०० भन्दा बढी प्रमोटर शेयर सदस्य सहभागी भएका छन् । दुई अर्ब पुँजीमध्ये आईपीओका लागि ३० प्रतिशत अर्थात् ६० करोड र प्रमोटरका लागि एक अर्ब ४० करोड गरी २ अर्ब रुपैयाँ पुँजी संकलन गरेर अगाडि बढ्ने गरी काम गरिरहेको छ ।
बैंकले पुर्व झापाको गौरादह नगरपालिका २ ठकठकेको क्षेत्रीय कार्यालयबाट पूर्वका उत्पादन, भण्डारण, प्रशोधन, प्याकेजिंग र बजारीकरण गर्दै आएको छ भने पश्चिमको बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ३ ऐरी, पोखराको चिप्लेढुंगा, हुम्लाको सर्केगाढ गाउँपालिका, लमजुङको मध्यनेपाल नगरपालिका ७ बांग्रे गरि २२ वटा जिल्लामा कार्यालय स्थापना गरेको छ । यी कार्यालयले उत्पादन, भण्डारण, प्रशोधन, प्याकेजिंग र बजारीकरण गर्दै आएको छ ।
यस्तै बैंकले भक्तपुरको लोकन्थलीमा रहेको राष्ट्रिय खाद्य बैंक  च्प्द्यी मार्टबाट लोकल, रैथाने, सेभफुड, अर्गानिक खाद्य बस्तु९कृषि उपज०हरु सुपथ मुल्यमा निशुल्क होम डेलिभरीसहित उपत्यका भरि सेवा उपलब्ध गराउदै आएको छ ।
खाद्य बैंक स्थापना गर्नुको मुख्य उद्देश्य कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र प्राङ्गारिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने रहेको बताइएको छ ।रैथाने प्रजातीका कृषिबालीको संरक्षण गर्दै हाम्रा मौलिक उत्पादनहरुलाई नवीन ढंगले बजारमा पुर्याउने लक्ष्य राखीएको छ। 
अन्पढ र असक्षमहरुले मात्र अंगाल्ने पेसा कृषि पेसा हो भन्ने मान्यतालाई विस्थापीत गर्दै सक्षम, योग्य र दक्ष व्यक्हिरुलाई पनि यस पेसाप्रति गर्व तथा  सन्तुष्ट बनाउदै यस्लाई  प्रतिष्ठाको पेसाको रुपमा स्थापीत गर्ने मुलभूत उदेश्य यस खाद्य बेंकले राखेको छ।  ब्यालेन्स इकोसिस्टमलाई बचाराख्न पनि हाम्रो नीतिले सार्थक भुमिका खेल्ने छ। कृषि क्रान्तिका माध्यमबाट राष्ट्रिय जीडिपीमा सबैभन्दा बढी योगदान गर्ने निकाय बन्ने दुरदृयष्टी राखिएको छ। कृषि र पर्यटनलाई जोड्नका लागि एग्रोटुरिजम अन्र्तगत बिभिन्न प्रकारका गतिबिधिहरु यस बैंकले सञ्चालन गर्ने छ।              
अध्यक्ष शंकरनाथ उप्रेतीले कृषिलाई मर्यादित र सम्मानीत पेशा बनाउन र किसानलाई करका नाममा एउटै ठाउँबाट पटकपटक कर लिने नियम हटाउन सुझाव दिएका छन्। नेपालमा उत्पादन भइरहेका वस्तुहरुको बाहिरबाट आयातमा रोक लगाउनुपर्ने, नेपालमा उत्पादन भएका कुराहरु सरकारले हामीलाई कोलस्टोर गर्न दिनुपर्ने उनको भनाइ छ। कृषि प्नधानराष्ट्र भएर पनि खाद्यन्नका लागि अरुमा भर पर्नुपर्ने बिडम्बनापुर्ण स्थिीतीलाई अन्त्य गर्दै देशको खेतीयोग्य जग्गाजमिनलाई अधिकतम सदुपयोग गरि हामी आफैं आत्मनिर्भर बन्न्पर्ने विषय गम्भीर रुपमा उठिरहेका बेला यो खाद्य  बैैक स्थापाना हुनु अत्यन्त सान्दर्भिक र सकारात्मक छ।आम नागरिकहरुलाई यस्मा जोडिदै कृषि क्रान्तिमा अगाडी बढ्न आग्रह र शुभकामना दिन चाहान्छु । 

खबरपाटी
खबरपाटी