दाङ बस दुर्घटना : २ भारतीयसहित ८ जना मृतकको सनाखत, २ शव पहिचान हुन बाँकि

दाङ बस दुर्घटना : २ भारतीयसहित ८ जना मृतकको सनाखत, २ शव पहिचान हुन बाँकि

काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिला सहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक १२ जनामध्ये  २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष हुन् ।

मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०र३५ वर्षीय सौरभ बिष्ट, जुम्लाको चन्दननाथ(९ का ४० वर्षीय मुनबहादुर रावत,  बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम गोतामकोट(९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका(१५ का ६५ वर्षीय ताराकान्त पाण्डे,  भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम र भारत उत्तरप्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।

बाँकी चार जना करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्छ ।
 

खबरपाटी
खबरपाटी