आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
बुटवल : लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीस्थित भालुवाङमा नाइट बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ। उद्धारमा खटिएका भालुवाङका स्थानीयले ६ जनाको मृत्यु भएको बताए।
बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।
बसमा ३२ जना यात्रु सवार थिए । अन्य पनि च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ। रातको समय भएकाले उद्धारमा समस्या भइरहेको स्थानीयको प्रतिक्रिया छ। भालुवाङको राप्ती पुलबाट बस खोलामा खसेको हो। विस्तृत विवरण आउन बाँकी छ।