भ्रष्टाचारमा दोषी ठहर पूर्वडीआईजी शाहलाई आज सजाय तोकिँदै

भ्रष्टाचारमा दोषी ठहर पूर्वडीआईजी शाहलाई आज सजाय तोकिँदै

नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहसहित भ्रष्टाचार मुद्दामा दोषी ठहर दुई जनालाई अदालतले आज सजाय निर्धारण गर्दैछ । 

११ पुसमा विशेष अदालत काठमाडौंले शाहसहित प्रहरीका पूर्वसई दीपेन्द्रप्रसाद पनेरुलाई क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत हुँदा ३३ लाख ३८ हजार अनियमितता गरेको आरोपमा दोषी ठहर गरेको थियो । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले शाह र पनेरुलाई दोषी ठहर गर्दै सजाय निर्धारण गर्न २५ पुसका लागि पेसी तोकेको थियो । 

अख्तियारले २० फागुन २०७६ मा यो मुद्दा विशेष अदालतमा दायर गरेको थियो । यो मुद्दाका आरोपित प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले भने सफाइ पाएका छन् । 

शाह मदन पुरस्कार विजेता साहित्यकार पनि हुन् । 

खबरपाटी
खबरपाटी