मनोनयन दर्ता गर्दै सिटौलाले भने- सबै दलबीच समझदारी आवश्यक छ

मनोनयन दर्ता गर्दै सिटौलाले भने- सबै दलबीच समझदारी आवश्यक छ

नेपाली कांग्रेसका नेता कृष्णाप्रसाद सिटौलाले सबै दलबीच समझदारी गरेर अगाडि जानुपर्ने बताएका छन् । सोमबार बिहान विराटनगरमा राष्ट्रिय सभा सदस्य उम्मेदवारको मनोनयन गर्दा गराउँदै उनले आफूले त्यसमा भूमिका खेल्ने बताए । 

आफू निर्वाचित भए राष्ट्रका चुनौती र जनताको हितमा काम गर्ने उनको भनाइ थियो । 'नेपालको राजनीतिक विकास क्रममा संसद्‍बाट नयाँ ढंगले अगाडि जान जरुरी छ । सबै दलबीच समझदारी निर्माण गरेर जान आवश्यक छ,' उनले भने, 'मेरो भूमिका त्यसतर्फ हुनेछ । म निर्वाचित भए राष्ट्रका चुनौती र जनताको हितमा काम गर्न ध्यान दिनेछु ।' 

 

तपाई राष्ट्रिय सभा अध्यक्षको आकांक्षी हो र ? भन्ने प्रश्नमा भन्ने उनले खुलेर जवाफ दिएनन् । निर्वाचित भएर गएपछि यसको जवाफ आउने उनले बताए ।उनले केही बेरअघि मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा उनले मनोनयन दर्ता गराएका हुन् ।

खबरपाटी
खबरपाटी