राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक पुरुषको मृत्यु

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक पुरुषको मृत्यु

दाङ- दाङको राप्ती नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । राजपुर गाउँपालिका-६ गंगदीस्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय ४० वर्षीय सुखदेव चौधरीको मृत्यु भएको हो । 

डुबेर अशक्त भएका उनको लमही अस्पताल दाङमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

 

खबरपाटी
खबरपाटी