सबै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छः प्रथम राष्ट्रपति यादव

सबै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छः प्रथम राष्ट्रपति यादव

काठमाडौँ – पूर्वराष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौंमा शनिवार ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। उनले अहिलेको सरकारले र अहिलेको नेपाली कांग्रेससहितका पार्टीले राम्रो काम गर्न नसकेको जिकिर गरे।

उनले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको बताए। उनले दैनिक हजारौँ मानिस विदेश गइरहेकोप्रति पनि गुनासो गरे। उनले देश निर्माणका लागि कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताए। उनले सबै मिलेर देश, जनता र देशको सार्वभौम सत्ताको अस्तित्व जोगाउनुपर्ने बताए। पूर्वराष्ट्रपति यादवले देशको अस्तित्व कायम राख्न पनि आमजनता एक हुनुपर्ने बताए।

खबरपाटी
खबरपाटी