मीन विश्वकर्माको दाबी– विगतका सरकारभन्दा वर्तमान सरकारको एक वर्ष सफल

मीन विश्वकर्माको दाबी– विगतका सरकारभन्दा वर्तमान सरकारको एक वर्ष सफल

भक्तपुर । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले गठबन्धन सरकारको एक वर्षको कार्यकाल विगतको तुलनामा सफल रहेको बताएका छन् । 

आज रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार संवादमा उनले संविधान कार्यान्वयन, सुशासन प्रवर्धन, परराष्ट्र सम्बन्ध विस्तार गर्न वर्तमान सरकार विगतको दुई तिहाइ नजिकको नेकपाको सरकारभन्दा सफल भएको बताए । नागरिकता विधेयक कार्यान्वयनमा आउनु, विभिन्न ऐन, संसद्‌मा पेस भएर पारित हुने चरणमा पुग्नु वर्तमान सरकारको उपलब्धि भएको विश्वकर्माको भनाइ छ ।

विश्वकर्माले भने, “भ्रष्टाचारका सबै फाइल खोल्छु भनेर गृहमन्त्रीले भन्नुभएको छ । तर जनताले दबाब दिएका फाइल खुलेका छैनन्, अर्थतन्त्रमा अपेक्षितरूपमा सुधार हुन सकेको छैन, अब कडाइका साथ त्यता लाग्नुपर्छ ।”

विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोप लागेका व्यक्तिलाई लुम्बिनी प्रदेशको उद्योगमन्त्री बनाउनु पार्टीको दोष नभएको भन्दै उनले निर्वाचित जनप्रतिनिधि मन्त्री बन्नु सामान्य विषय भएको प्रतिक्रिया दिए । रासस

 

NIBL

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  २१:३४

Sipradi Landing

खबरपाटी
खबरपाटी