बिना सूचना गायव २१ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

बिना सूचना गायव २१ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं - प्रहरी प्रधान कार्यालयले कार्यालयमा लामो समयदेखि उपस्थित नभएका प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ ।

कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा /गराउँदासमेत उपस्थित नहुने २१ प्रहरीलाई बाटोको म्यादसहित सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको हो ।

गैरहाजिर रहनुको स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन सूचनामा भनिएको छ । अन्यथा प्रहरी नियमावली, २०७१ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पछिल्लो समय प्रहरीहरू विना सूचना कार्यालय नजाने गरेको पाइन्छ । 

खबरपाटी
खबरपाटी