आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटी अनुसारको परिणाम नआएको बताए । मंगलवार सरकार गठनको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटी अनुरुप हुन नसकेको स्वीकार गरेका छन ।
सरकार असफल भने नभएको बताए । .अबका दिनमा सरकारको कार्यशैली बदलिने बताए । उहाँले आगामी दिनमा आफु पूर्व निर्धारित र अपरिहार्य बाहेकका कुनैपनि बाहिरि कार्यक्रममा नजाने बताएका छन । उहाँले बाहिर नगई नयाँ नीति, कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेको समस्या समाधान गर्न लाग्ने बताए। प्रधानन्त्री दाहालले यहीँ साताभित्रमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने पनि बताएका छन ।