आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
आज बिहान पोखराबाट काठमाडौँका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका अचानक खोलिएको छ।
बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँ उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका हुन्।
इमर्जेन्सी ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ । ती यात्रुलाई अहिले प्रहरीले सोधपुछ गरिरहेको स्रोतले जानकारी दियो ।
‘खुट्टाले लागेर ढोका खुलेको’ भन्ने जवाफ आएको छ । उडान नम्बर यूफोर६५२ कलसाइन रहेको उक्त जहाज पोखराबाट काठमाडौं उड्ने तयारीमा थियो ।
ढोका के कारणले खुलेको हो भन्ने चेकजाँच गरेरमात्रै उडाइने भएको छ ।
“काठमाडौंबाट इञ्जिनियर आएर चेकजाँच गरेपछिमात्रै उडाउने तयारी छ,” पोखरा विमानस्थल स्रोतले भन्यो ।