फास्ट ट्र्याकलाई अगाडि बढाउने वातावरण बनाउन सरकारलाई निर्देशन

फास्ट ट्र्याकलाई अगाडि बढाउने वातावरण बनाउन सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिले तराई मधेस फास्ट ट्र्याकलाई सहजरूपमा अघि बढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।

बुधबार उक्त आयोजनाका विषयमा नेपाली सेनासँग छलफल गर्दै समितिले आयोजना निर्माणमा देखिएका समाधान गरी सहजरूपमा अघि बढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको हो।

बैठकले पूरक प्रभाव मूल्यांकन समयसीमा तोकी उक्त अवधिभित्र स्वीकृत गरि रुख कटान तथा जग्गा प्राप्ति लगायतका कार्यलई समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिन वन, अर्थलगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।

बैठकले राष्ट्रिय गौरवको आयोजनालाई समयमै सम्पन्न गर्नका लागि सबै पक्षबाट प्राथमिकता दिई आवश्यक सहयोग गर्न मन्त्रिपरिषद्को कार्यालयलगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

बैठकले फास्ट ट्रयाक निर्माणका सन्दर्भमा सेनाबाट माग भएबमोजिम आवश्यक प्राविधिक तथा अन्य सहयोग समयमा नै उपलब्ध गराउन र आवश्यक अन्तर निकाय समन्वयको सहजीकरका लागि पनि सरकारलाई निर्देशन दिएको सभापति खतिवडाले बताए।

त्यस्तै बैठकले सार्वजनिक खरिद ऐन, नियमावली अनुसार कामकाज गर्न र फास्ट ट्रयाकमा संलग्न ठेकेदारसम्बन्धी विवादको विषयमा जानकारी लिने निर्णय गरेको छ भने आवश्यक समयमा आयोजनाको भ्रमण गर्ने निर्णय भएको सभापति खतिवडाले जानकारी दिए।

खबरपाटी
खबरपाटी