प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज सुनाउने

प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज सुनाउने

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज सुनाउने भएको छ । प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिले विहान ११ बजे बैठक बोलाएको छ ।

गत मंसिर ५ गते न्यायपरिषद्ले गरेको नियुक्ति सिफारिसमा समितिले ६ जना प्रस्तावित न्यायाधीशको सुनुवाइ गरेको थियो । मंसिर २९ गतेदेखि सुरु गरिएको न्यायाधीशको सुनुवाइ सोमबार सकिएको थियो ।

समितिले प्रस्तावित न्यायाधीश बालकृष्ण ढकाल, सुनीलकुमार पोखरेल, टेकप्रसाद ढुंगाना, महेश शर्मा पौडेल, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ गरेको थियो ।

समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

खबरपाटी
खबरपाटी