काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले विश्व विद्यालयहरूमा राजनीतिक भागबण्डा हुनुहुँदैन भन्ने र राजनीतिक भागबण्डाको दाउपेचमा अल्झिनेहरूको चपेटामा त्रिभुवन विश्वविद्यालय परेको बताएका छन्।
उनले प्राज्ञिक व्यक्तित्वहरूको यस्तो दोधारका कारण विश्वविद्यालयहरूको स्तरोन्नति हुन नसकेको बताए।
त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको स्तरोन्नतिका लागि छलफल चलाउनुपर्ने बताए।
‘एकातर्फ हामी विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुनुहुँदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेका छौं, अर्कोतर्फ हामी आफैं राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस्ता चुनौती र प्रश्नहरूबारे पनि हामीले गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको छ।’
उनले एक्काइसौं शताब्दीको भूमण्डलीकृत विश्वमा विश्वस्तरीय जनशक्ति उत्पादनको प्रतिस्पर्धामा त्रिविले झेलिरहेको समस्या र नेपाली नागरिकका अपेक्षाबीच असमञ्जस्यको धरातलीय यथार्थता आफूले महसुस गरिरहेको बताए।
‘भूमण्डलीकृत विश्वको दबाब एकातर्फ छ, जुन तत्कालका निम्ति हाम्रो काबुबाहिर पनि देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डले सोधे, ‘तर, विश्व बजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौंरु विगतमा विश्वविद्यालयहरूले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयोरु विश्वविद्यालयहरूमा क्रियाशील प्राज्ञहरूको भूमिका किन गुरूत्वपूर्ण हुन सकिरहेको छैनरु विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छर?’
उनले विश्वविद्यालयहरूको वर्तमान अवस्थामा रूपान्तरण गर्न सरकार र राजनीतिक नेतृत्वको पनि महत्त्वपूर्ण भूमिका रहने बताए।