गोविन्द केसीको अनसनको समय आज सकिँदै

गोविन्द केसीको अनसनको समय आज सकिँदै

काठमाडौँ चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले अनसनको कार्यक्रम टुंग्याउने भएका छन् । केसीले धनगढी पुगेर तीन दिने सत्याग्रह थालेका थिए । शुक्रबारदेखि सत्याग्रह थालेका केसीको तीन दिन आज पुग्दैछ । उनले आज अअनसनको कार्यक्रम टुंग्याउने भएका हुन् ।

डा। केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि स्लाइन चढाउन खोजिएकोमा नमानेको उनले बताए । डा। केसी आइतबारदेखि शौचालय जान नसक्ने अवस्थामा पुगेका छन् ।

उनले एक हप्ता अगाडि मात्रै पित्तथैलीको शल्यक्रिया गराएका थिए ।

सरकारले विगतमा पटक(पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा केसीले शुक्रबार बेलुकी २१ औँ अनसन सुरू गरेका थिए ।


 

खबरपाटी
खबरपाटी