पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ घट्यो

पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ घट्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जानकारी दिएको छ। 

घटाइएको नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुनेछ। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रुपैयाँ पर्नेछ।

खबरपाटी
खबरपाटी