संघीय संसदका महासचिव गौतमको राजीनामा स्वीकृत

संघीय संसदका महासचिव गौतमको राजीनामा स्वीकृत

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गरेका छन् ।

गौतमले २४ मंसिरदेखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति पौडेलले बुधबार स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।


गौतमले राजीनामा दिएपछि सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइसकेका छन् ।

खबरपाटी
खबरपाटी