महासमिति बैठकबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

महासमिति बैठकबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।

महासमिति बैठकबारे छलफल गर्न सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।

कांग्रेसले पुस १६ गतेदेखि १९ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको छ। तर सभापति देउवाले ुपुसको ठण्डीमाु बैठक नगरौं भन्ने प्रस्ताव मंसिर १३ गते धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा गरेका थिए। यसबारे छलफल गर्न सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर २९ गते शुक्रबार दिउँसो १२:१५ सानेपामा बैठक बस्नेछ। बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।

तत्काल केन्द्रीय समिति बैठक बस्न नसक्ने अवस्थामा कांग्रेसले कार्यसम्पादन समिति बैठकबाट आवश्यक निर्णय गर्ने गर्छ।

यसैबीच नेता शेखर कोइरालाले पनि आफू पक्षका नेताहरूको बैठक बोलाएका छन्। मंगलबार दिउँसो बत्तिसपुतलीमा उक्त बैठक बस्नेछ।

खबरपाटी
खबरपाटी