आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक डेढ घण्टामै ६ प्रतिशतले बढेपछि आइतबारका लागि कारोबार बन्द भएको छ ।
कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से चार प्रतिशतले बढेर २० मिनेट कारोबार स्थगित भएको थियो । त्यसपछि पाँच प्रतिशले बढेपछि कारोबार ४० मिनेटका निम्ति स्थगित गरिएको थियो ।
बिहान ११ बजे खुलेको नेप्से त्यसको पाँच मिनेटपछि चार प्रतिशतले बढ्दा २० मिनेट कारोबार रोकिएको थियो । त्यसपछि ११ः२५ मा खुलेको नेप्से पाँच प्रतिशतले बढ्दा ४० मिनेटका निम्ति कारोबार रोकिएको थियो ।कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा चार प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा पाँच प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।