न्यायाधीश पाण्डेको इजलासमा सन्दीप लामिछाने विरूद्धको मुद्दा

न्यायाधीश पाण्डेको इजलासमा सन्दीप लामिछाने विरूद्धको मुद्दा

क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कारको मुद्दा अन्तिम बहसका लागि पेसी चढेको छ।

न्यायाधीश पदम पाण्डेको इजलासमा चढेको पेसीको पहिलो नम्बरमा सन्दीपविरूद्धको मुद्दा छ। उनको इजलासमा थप तीनवटा मुद्दाको पेशी तोकिएको छ।

न्यायाधीश पाण्डेले यो मुद्दामा अन्तिम बहस सुरू गर्ने भएभने सुरूमा सरकारी वकिल र जाहेरीवाला वकिलहरूले बहस गर्नेछन्। त्यसपछि सन्दीप लामिछानेका वकिलहरूले बहस गर्नेछन्।

दुबै पक्षका बहस सुनिसकेपछि मात्र न्यायाधीशले फैसला गर्ने प्रक्रिया छ।

आज सन्दीप लामिछानेको मुद्दामा न्यायाधीश पाण्डेले बहस सुन्न सुरू गर्छन् कि गर्दैनन्, सुरू गरेपनि बहस सकिन्छ कि सकिँदैन, बहस सकिएन भने यही इजलासले निररन्तरता दिँदै हेर्दाहेर्दैमा राख्छ कि राख्दैन र यो मुद्दामा यही इजलासले फैसला गर्छ कि गर्दैन भन्ने कुराको टुंगो भने छैन।

यसअघि कात्तिक २३ गते यो मुद्दामा न्यायाधीश केशव पाण्डेले बहसको लिखित नोट मागेका थिए। शुक्रबारसम्म दुबै पक्षले बहस नोट बुझाइसकेका छन्।

सर्वोच्च अदालतले मुद्दालाई चाँडै टुंगो लगाउनु भनेपनि काठमाडौं जिल्ला अदालत यसबारे उदासिन देखिएको छ।

बलात्कार भएको हो कि होइन भन्ने विवाद भएको यो मुद्दामा धेरैजसो न्यायाधीशले बालिकाको जन्म मितिसम्बन्धी कागज मगाउने मात्रै आदेश दिएर मुद्दा पन्छाउँदै गरे। साउन ३२ मा न्यायाधीश राजुकुमार खतिवडाले त पीडितकी आमाको जन्म मितिसमेत यकिन गर्ने आदेश दिएका थिए।

खबरपाटी
खबरपाटी