मौद्रिक नीति लगत्तै सेयर बजारमा उत्साह : बजार खुलेको केही मिनेटमै ७४ अंकमाथिको वृद्धि !

मौद्रिक नीति लगत्तै सेयर बजारमा उत्साह : बजार खुलेको केही मिनेटमै ७४ अंकमाथिको वृद्धि !

काठमाडौँ । मौद्रिक नीतिको समीक्षा लगत्तै सेयर बजारमा भव्य उत्साह देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेको छ । मौद्रिक नीतिले घरजग्गासँगै, सबै प्रकारका रियल स्टेट व्यवसाय र सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) को समेत जोखिमभार घटाइदिएको थियो । 

केन्द्रीय बैंकले ५० लाखमाथिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारिदिएको छ । योसँगै उत्साहित बजारमा पहिलो कारोबार दिन नै ७४ अंकको माथिको वृद्धि आएको छ । 

आइतबार बजार खुलेको ५ मिनटमा नै नेप्से सूचक ७४.२० अंकले बढेर १९ सय २६.९८ अंकमा पुगेको छ । तर, कारोबारमा तीव्रता आएसँगै सो लोड नेप्सेको वेबसाइटले धान्न सकेको छैन । जसका कारण साइट नै ब्लक (स्थिर) बन्न पुगेको छ । 

खबरपाटी
खबरपाटी