एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ: गगन थापा

एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ रहेको बताएका छन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा बोल्दै सांसदसमेत रहेका थापाले राजनीतिक र प्रशासनिक नेतृत्वको भरथेग नभई यस्ता प्रकरण नहुने बताए।

‘एनसेलको सन्दर्भमा जे कुराहरु भएको छ, त्यो रातारात अहिले भएको होइन। यसमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ, ठूलो भरथेग, ठूलो भरोसा नभइकन यी प्रकरण भएको छैन,’ थापाले भने, ‘यो गलत हो भन्ने कुरा लागेको भए सरकार सिधा कारबाहीमा जानुपर्थ्यो।’

सरकारले एनसेल प्रकरण अध्ययन र छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेकोले उक्त समितिको कामकारबाहीलाई राज्य व्यवस्था तथा सुशासन समितिले पनि हेर्नुपर्ने बताए। ‘यो प्रकरण ढाकछोप गर्न खोजे संसदीय समितिले त्यो प्रयत्नलाई तोड्नुपर्छ,’ उनले भने।

खबरपाटी
खबरपाटी