बराबरीमा रोकिए धनगढी र ललितपुर

बराबरीमा रोकिए धनगढी र ललितपुर

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । शनिबार अपरान्ह भएको खेलमा दुबै पक्षले गोल गर्न सकेनन् ।

दुबै टिमले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल बनेका छन् । उनले ३० हजार रुपैयाँ पाएका छन् ।


एनएसएलको तेस्रो खेलसम्म आउँदा दुबै टिम अपराजित रहन सफल भएका छन् । अगाडिका दुई खेल जितेको धनगढीको यो पहिलो बराबरी नतिजा हो । ललितपुरले भने पहिलो खेल जितेको थियो र त्यसपछिका दुई खेल बराबरी खेलेको  छ ।

शनिबारको खेलपछि धनगढीको ७ अंकका साथ शीर्ष स्थानमा कायम छ भने ललितपुर ५ अंकका साथ दोस्रो स्थानमा पुगेको छ ।


 

खबरपाटी
खबरपाटी