आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ डा स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को उपसभापति बनेका छन् । महोतरीमा जारी केन्द्रीय समिति बैठकले वाग्लेलाई उपसभापति बनाएको हो ।
वाग्लेलाई अर्का उपसभापति डिपि अर्याल पछिको वरियता तोकिएको छ । यस्तै बैठकले सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन गरेको छ ।
बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र कोषाध्यक्ष लिमा अधिकारी सहकोषाध्यक्ष वसुमाया तामाङ् र दीपक बोहरा तोकेको छ । यस्तै पार्टीको पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् ।