कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै, शनिबार सम्बोधन गर्ने

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै, शनिबार सम्बोधन गर्ने

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बेलुका साढे ९ बजेको फ्लाइटमार्फत युएई प्रस्थान गर्ने प्रधानमन्त्री प्रचण्डका सञ्चारविज्ञ मनहरी तिमिल्सिनाले बताए ।

यूएईको दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने कोप–२८ को २८औँ सम्मेलन सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । 

साथै डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा पनि प्रधानमन्त्री सहभागी हुनेछन् । 

प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने छन् ।

खबरपाटी
खबरपाटी