चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ । १० अर्ब ८० करोड ७८ लाख २० हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको महानगरले साउनदेखि कात्तिकसम्म २ अर्ब ९२ लाख ९६ हजार ९ हजार ७२९ रुपैयाँ राजस्व संकलन गरेको हो ।
गएको बर्ष यस अवधिमा २६.४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्व ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार ५६५ रुपैयाँ संकलन भएको थियो ।
शीर्षकगत रूपमा हेर्दा प्रशासनिक सेवा शुल्कमा लक्ष्यको सबैभन्दा धेरै १४७ प्रतिशत धेरै रकम संकलन भएको राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए । यसमा २० लाख रुपैयाँ वार्षिक लक्ष्य राखिएको थियो ।
१ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख ९३ हजार ५५४ रुपैयाँ (२७.९१%) राजस्व संकलन भएको छ । गएको बर्ष यस शीर्षकमा १ अर्ब लक्ष्य राखिएको थियो ।