काठमाडौं। नेपाल विद्यावारिधी संघको १५ औं साधारण सभा सम्पन्न भएको छ । नयाँ कार्यकालका लागि डा. सुनिलबाबु श्रेष्ठको अध्यक्षता कार्यसमिति चयन गर्दै साधारण सभा सम्पन्न भएको हो ।
निवर्तमान अध्यक्ष प्रा.डा. रेजिना मास्के रहने गरी नेपाल विद्यावारिधी संघको १५ औं साधारण सभाबाट डा। सुनिलबाबु श्रेष्ठको अध्यक्षता १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । संघको नयाँ कार्यसमितमा अध्यक्षको जिम्मेवारी डा. सुनिलबाबु श्रेष्ठमा रहेको छ । उपाध्यक्ष पदमा डा.चन्द्रकान्त ज्ञवाली चयन भएका छन् । त्यसैगरी महाससचिव पदका लागि पुरानै अनुहार दोहोरिएको छ । डा. अलकबाबु प्रसाई (डा.आलोक)ले महासचिव पदको जिम्मेवारी पाएका छन् ।
संघको नयाँ कोषाध्यक्ष पदका लागि डा.सारिका अमात्य चयन भएकी छिन् । नेपाल विद्यावारिधी संघको १५ साधारण सभाले सचिव पदको जिम्वारी डा. सुन्दरीदेवी पोखरेललाई दिएको छ । त्यसैगरी संघको नयाँ कार्यसमिति सदस्यहरुमा डा.भोलानाथ ढकाल, डा.दिवस अमात्य, डा.लेखनाथ भण्डारी, डा.रामशरण थपलिया, डा.रमेशकुमार भण्डारी र डा. सुरक्षा सुवेदी चयन भएका छन् ।