दुर्गा प्रसाईं समूहले आज काठमाडौँको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने

दुर्गा प्रसाईं समूहले आज काठमाडौँको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानले आज काठमाडौँको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ । 

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय बिमानस्थलमा समेत प्रभाब पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो ।

महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार भएको छलफलपछि सिफलमा कार्यक्रम बिहान साढे ११ बजेदेखि गर्ने सहमति भएको जानकारी दिएका छन् । 

उनले काठमाडौं जिल्ला प्रशासनमा  नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका उच्च अधिकारीलगायतसँगको छलफलमा आन्दोलन शान्तिपूर्ण तवरले गर्ने, आफ्ना माग र उद्देश्य जनता माझ स्पष्ट पार्ने र कुनै हातहतियार र हिंसात्मक आन्दोलन नगर्ने सहमति भएको बताए ।

खबरपाटी
खबरपाटी

लोकप्रिय