एनएसएलमा पोखराले चितवनलाई हरायो

एनएसएलमा पोखराले चितवनलाई हरायो

काठमाडौं । नेपाल सुपर लि ९एनसएसएल० अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ ।

पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको हो । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउन विदेशी खेलाडी मोसेस ग्याबा त्वामले गोल गरे । जितसँगै लिगमा पोखराले ३ अंक जोडेको छ ।


पोखराका मार्की प्लेयर आयुश घलानले पहिलो जितले उत्साह दिएको बताए । ‘हाम्रो लक्ष्य लिग जित्ने नै हो, पहिलो खेल जितेपछि त्यसले उत्साह दिएको छ’, उनले भने ।

म्यान अफ दि म्याच पोखराका दिनेश राजवंशी भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए ।

खबरपाटी
खबरपाटी