काठमाडौँ । राजधानीमा आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गर्दैछन् ।
माइतीघरमा प्रशासनले निषेधाज्ञा जारी गरेपछि दुवै समूहको कार्यक्रम छुट्टाछुट्टै स्थानमा हुनेछ । प्रशासनले युवा संघलाई तीनकुने र प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको छ ।
प्रदर्शनमा कुनै अप्रिय घटना घट्न नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका लागि ७ हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ
दुर्गा प्रसाईं र महेश बस्नेतको आन्दोलनले काठमाडौं अस्पब्यस्त हुने अनुमान गरिएपनि आज बिहाकनको काठमाडौं शान्त देखिएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा निर्बाध रुपमा सवारी चलिरहेका छन् । सरकारले केही संबेदनशील क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरेको अवस्था छ भने ब्यावशायी, बिद्यार्थी, सर्बसाधारणहरु आन्दोलनका कारण अबरोध हुने अनुमानले त्रस्त देखिएका छन् ।
हिजोमात्र एपी वान टिभिले भूषण दाहालले लिएको अन्तरवार्ता प्रशारण रोकेको थियो । उक्त अन्तरवार्ता दाहालले युट्युव च्यानलबाट प्रशारण गरेका थिए । उक्त अन्तरवार्ता युट्युवमासमेत हाईलाईट भएको थियो । आज राजा र हिन्दू धर्मलगायतको माग गर्दै दुर्गा प्रसाईँले आन्दोलन वा प्रदर्शन गर्ने बताएका थिए । भने नेकपा एमालेका नेता महेश बस्नेतको अगुवाईमा पनि त्यस्तै प्रकारको जनसागर उतार्ने कार्यक्रमको घोषणा गरिएको थियो । मुडभेड हुने आसंकामा सरकारले सुरक्षा बयबस्था कडा गरेको छ ।