शरणार्थी प्रकरण नसेलाउँदै देउवादाम्पति जुटे पुत्रको विवाहमा, को हुन् आरजु देउवाकी बुहारी ?
५ जेठ २०८०, शुक्रवार
काठमाडौँ आज नेपाल र यमनका बिचमा फुटबल प्रतिस्पर्धा हुँदैछ । साँझ ७ बजेबाट खेल सुरु हुने भएकाले फर्कन असहज नहोस् भनेर १५ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको छ ।
फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो । ‘एन्फाले यमन विरुद्धको खेलपछि फ्यानहरूलाई घर फर्कनका लागि १५ वटा बसको व्यवस्था गरेको छ,’ एन्फाले सोमबार साँझ भनेको छ, ‘फ्यानहरूले बसमा यात्रा गर्न आफ्नो खेलको टिकट देखाउनुपर्छ ।’
अखिल नेपाल फुटबल संघ ९एन्फा०का अनुसार सो खेल साँझ ७ बजे देखी दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ ।
आजको खेलका लागि ४ सय र १ हजारका दरले टिकट खुलाइएको छ ।