माइतीघर-नयाँ बानेश्वर निषेधित क्षेत्र घोषणाविरूद्ध सर्वोच्चमा रिट

माइतीघर-नयाँ बानेश्वर निषेधित क्षेत्र घोषणाविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। 

अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा मंगलबार काठमाडौं प्रशासनको निर्णयविरूद्ध रिट दायर गरेका हुन्। 

अधिवक्ता नेपालका अनुसार बुधबारका लागि पेशी तोकिएको छ। 

नेकपा (एमाले) निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलमा मंसिर ७ गते प्रदर्शन गर्ने तयारी गरेका थिए। 


एकैदिन दुईपक्षबीच एकै ठाउँमा प्रदर्शन गर्न लागेपछि प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न, दंगा भड्किन रोक्न भन्दै सोमबारदेखि ३० दिनसम्म माइतीघर मण्डलदेखि नयाँ बानेश्वर क्षेत्रसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो।

यस्तै प्रशासनले दुबै पक्षलाई प्रदर्शन गर्न ठाउँ पनि तोकिसकेको छ। युवा संघले तीनकुने र दुर्गा प्रसाईंले बल्खुमा प्रदर्शन गर्ने तयारी गरेका छन्।

खबरपाटी
खबरपाटी